आजबाट हलमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’, कसले मार्ला बाजी ?



२९ चैत्र २०७५, काठमाडौँ

आजबाट देशव्यापी रुपमा २ बहुप्रतिक्षित चलचित्र प्रदर्शनमा आएका छन् । मेघास्टार अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ए मेरो हजुर ३  र सलिनमान र नव नायिका मलिका महत स्टारर चलचित्र यात्रा आजबाट हलमा लागेका छन् ।

यी दुवै चलचित्र यस बर्षको प्रतिक्षित चलचित्र हुन् । तर यी २ चलचित्रमध्ये दर्शकको मन कसले जित्ने हो त्यो भने हेर्न केहीदिन प्रतिक्षा गर्नुपर्ने हुन्छ । २ ठूला व्यानरका चलचित्र एकसाथ प्रदर्शन भएकाले दुवै चलचित्रलाई घाटा भने पर्ने देखिएको छ । अनमोल र सलिनलाई एकअर्काको कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ । अब यी दुईमध्ये कसले बाजी मार्लान यो भने चासोको विषय बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्