‘लुट कान्छा लुट’ पछि पशुपति शर्माको अर्को धमाकेदार गीत रिलिज (भिडियो)



२९ चैत्र २०७५, काठमाडौँ

पशुपति शर्मा लोकदोहोरी क्षेत्रका निकै नै चर्चित गायक हुन् । उनले विशेष समाजसँग आबद्ध भएर व्यङ्गात्मक गीतहरु गाउने गरेका छन् । केहीसमय अघिमात्र उनले लुट कान्छा लुट बोलको गीत निकालेका थिए । जुन गीतबाट उनी आलोचित समेत बन्न पुगे ।

दर्शकले मन पराएको उक्त गीतलाई केहीले भने नराम्रोसँग विरोध गरे । अहिले फेरि पशुपति शर्माको धमाकेदार गीत सार्वजनिक भएको छ । पशुपति शर्माको शब्द र संगीत रहेको क्यार्न मया मारेचौँ बोलको गीतमा आवाज पनि पशुपति शर्मा र सम्झना भण्डारीको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा पशुपति र सम्झना र नै फिचर्ड छन् । उक्त गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्