बिरामी भएकी निरुताले चलचित्र ‘दाल, भात, तरकारी’ को प्रमोशनमा हिड्न नपाएपछि भारतबाटै लेखिन् यस्तो भावुक स्टाटस



२९ चैत्र २०७५, काठमाडौँ

नायिका निरुता सिंह यतिबेला मुम्बईमा आफ्नो उपचार गराइरहेकी छिन् । उनी केहीसमय अघि नेपाल आएकी थिइन् । उनले चलचित्र क्याप्टेन को एक गीतमा र चलचित्र दाल, भात, तरकारी मा पनि काम गरेकी थिइन् । त्यस्तै उनी डेंगु भएपछि आफ्नो उपचारको लागि मुम्बई फर्किएकी थिइन् ।

अहिले चलचित्र दाल, भात, तरकारी को प्रमोशन चलिरहेको छ । तर निरुता आफ्नो स्वास्थ स्थितिका कारण चलचित्रको प्रमोशनमा सक्रिय हुन पाएकी छैनन् । यस्तै निरुताले आफ्नो आधिकारीक फेसबुक मार्फत एक भावुक स्टाटस लेखेकी छिन् । उनको स्टाटस यस्तो छ ।

‘मलाई आज कसैले सोधे ‘तिमीले जीवनमा सबैभन्दा धेरै मिस गरेको पल कुन हो र ?’ भनेर । मेरो जवाब हुनेछ ‘दाल भात तरकारी को प्रचार प्रसार पल’‘म बिरामी भएको कारण ले गर्दा हाम्रो चलचित्र ‘दाल भात तरकारी’ को प्रचार प्रसार कार्यक्रम मा सामील हुन सकिन । तर मलाई विश्वाश छ कि म चाड़ो भन्दा चाड़ो निको भएर यो प्रचार प्रसार कार्यक्रम मा सामील हुनेछु भनेर । जय दर्शक, जय नेपाली चलचित्र, जय दाल भात तरकारी, प्रदर्शन हुने दिन ‘वैशाख २० गते ।’

निरुताले आफू निको हुने बित्तिकै नेपाल आएर आफ्नो चलचित्रलाई समय दिने बताएकी छिन् । पछिल्लो समयमा उनको डिमाण्ड निकै नै बढिरहेको छ । उनले अनमोल र भुवनसँग कर्ली कर्ली कपालमा गरेका नृत्यलाई पनि अहिले सबैले निकै तारिफ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्