प्रिमियरमा रुचाइयो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’, सुहानाको कामको तारिफ नै तारिफ ( भिडियो )



२९ चैत्र २०७५, काठमाडौँ

अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ए मेरो हजुर ३ आजबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । त्यस्तै हिजो काठमाडौँको कुमारी हलमा चलचित्र ए मेरो हजुर ३ को ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो । जहाँ चलचित्रकर्मी र पत्रकारको निकै नै भीड थियो ।

त्यस्तै चलचित्र ए मेरो हजुर ३ लाई प्रिमियरमा निकै नै रुचाइएको छ । अधिकांश कलाकारले चलचित्रको विषयवस्तु र विशेष सुहानाको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । साथै धेरै कलाकारले अनमोलको अहिलेसम्मकै राम्रो चलचित्र समेत भनेका छन् । त्यस्तै धेरै कलाकारले सुहाना भविष्यमा कलाकारिता क्षेत्रमा निकै माथिसम्म पुग्ने कुरा पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्