सलमान भन्छन्, ‘म सधैँ परिवारसँगै बसेर हेर्न मिल्ने चलचित्र मात्र खेल्छु’



२९ चैत्र २०७५, काठमाडौँ

सलमान खान बलिउडका स्टार हुन् । उनी चलचित्र क्षेत्रमा आएको धेरै बर्ष भैसकेको छ । अहिले उनी उमेरको हिसाबले धेरै बर्षका भैसकेको छन् । तरपनि उनको क्रेज पहिलेको जस्तै नै छ ।

सलमानले एक अन्तवार्तामा बोलेका कुराहरु अहिले निकै चर्चामा छ । सलमानले आफू किस सिन र न्युड सिन दिन बनेको कलाकार होइन भनेका छन् । सलमानले यो कुरा पहिलेदेखि नै बताउँदै आएका छन् । उनले सधैँभरि सब परिवार सँगै बसेर हेर्न मिल्ने सिनेमा मात्र खेल्ने समेत बताएका छन् ।

त्यस्तै सलमानले आफू औसत कलाकार भएको बताएका छन् । उनले शाहरुख र आमिर लेजेन्ड कलाकार हुन् । उनीहरुका केही फिल्म फल्प छन् होला तर अधिकांश चलचित्र अव्वल छन् तर म लकले गर्दा मात्र यहाँसम्म आएको हुँ भनेका छन् । यो शाहरुख र आमिरप्रति सलमानले गरेको सम्मान नै हो । अहिले यहि कुराले उनले चर्चा पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्