श्रीकृष्णको सम्झनामा श्वेताले लेखिन् यस्तो भावुक कविता



२९ चैत्र २०७५, काठमाडौँ

नायिका स्वेता खड्का पछिल्लो समयकी निकै नै चर्चित र व्यस्त नायिका हुन् । उनी चलचित्रमा भन्दापनि सामाजिक कार्यमा बढी संलग्न छिन् । उनले केहीसमय अघिमात्र सिन्धुपाल्चोकमा ५३ वटा माझी बस्ती बनाइदिएकी छिन् । उनले केहीसमय अघि चलचित्र कान्छी मा काम गरेकी थिइन् । जसलाई दर्शकले निकै नै रुचाएका थिए ।

स्वेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् । स्वेतालाई नेपाली चलचित्र जगतमा नै श्रीकृष्णले ल्याएका हुन् । श्रीकृष्णको निधनले स्वेताको मनमा निकै ठूलो चोट पुर्याएको थियो । उनी लामो समयसम्म आफ्नो पिडाबाट बाहिर निस्कन सकेकी थिइनन् । उनले केहीसमय अघि श्रीकृष्णको लागि एउटा कविता पनि लेखेकी थिइन् ।

उक्त कविता चलचित्र कान्छी सुरु हुनुभन्दा पहिले देखाइन्छ । स्वेताले श्रीकृष्णको लागि निकै नै मन छुने कविता लेखेकी छिन् । उनले सधैँभरि श्रीकृष्णको पूजा गर्ने गरेको समेत बताउँदै आएकी छिन् । उनलाई विवाहको कुरा पनि धेरै सोध्ने गरिन्छ । जहाँ स्वेताले अहिले आफ्नो विवाह गर्ने कुनै सोच नभएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्