बहुप्रतिक्षित चलचित्र ‘दाल, भात, तरकारी’ को ट्रेलर सार्वजनिक, निरुताको धमाकेदार कमब्याक (भिडियो)



२९ चैत्र २०७५, काठमाडौँ

चलचित्र दाल, भात, तरकारी निकै प्रतिक्षित चलचित्र हो । नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा फर्किएकाले पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षित बनेको हो । चलचित्र दाल, भात, तरकारी को केही समयअघि भिजिट भिषामा बोलको गीत रिलिज भएको थियो । जसले अत्यन्तै चर्चा पाइरहेको छ ।

सार्वजनिक २ गीतबाट दर्शकको मन जितिरहेको बेला चलचित्र टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलर भरपुर मनोरञ्जन देख्न सकिन्छ । चलचित्र दाल, भात, तरकारी अमेरिका जाने सपना देखेका श्रीमान श्रीमतीको कथामा आधारित भएको जस्तो ट्रेलरमा देख्न सकिन्छ ।

चलचित्र दाल, भात, तरकारी लाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा निरुता सिंह, हरिवंश आचार्य, आँचल शर्मा, पुष्प खड्का, मदनकृष्ण श्रेष्ठ, बर्षा राउत, जयनन्द लामा, विल्सन विक्रम राई, शिवहरि पौडेल, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र दाल, भात, तरकारी आउँदो वैशाख २० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्