३० चैत २०७५,काठमाडौं
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार निगमलाई २०७४ ७५ मा उक्त घाटा भएको छ ।
निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ मार्फत २८ करोड ९७ लाख गरी वर्षमै ६० करोड ६१ लाख रुपैयाँ खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ । २०७५ ७५ को एक आर्थिक वर्षमा एमए ६० ले २० करोड ६४ लाख सञ्चालन आम्दानी गरेको थियो । एक वर्षमा भएको खर्च घटाउँदा एमए ६० मा मात्रै ३१ करोड ६४ लाख खुद घाटा छ । यो समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेखेका छन् ।