अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ले गर्यो धमाकेदार व्यापार, देशभरका हलहरु हाउसफूल



०२ बैशाख २०७६, काठमाडौँ

यतिबेला देशव्यापी रुपमा चलचित्र ए मेरो हजुर ३ प्रदर्शन भैरहेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्रले देशभर आक्रमक व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको ३ दिनमै बम्पर व्यापार गरेको छ ।

हलमा सुहाना र अनमोल पुग्दा दर्शकको थामीनसक्नु भीड समेत भैरहेको छ । दशैँपछि ओरालो लागेको चलचित्र बजारलाई ए मेरो हजुर ३ ले फेरि माथि उठाएको समेत बताइएको छ । यो बर्ष प्रदर्शनमा आएका १०० भन्दा बढी चलचित्रहरुमध्ये २ चलचित्र मात्र नाफामा गएको बताइएको थियो ।

ए मेरो हजुर ३ ले पनि अझै धेरै व्यापार गर्ने बताइएको छ । चलचित्रलाई लिएर अधिकांश दर्शकले निकै सकरात्मक प्रतिक्रिया दिएका छन् । त्यसैगरी नव अभिनेत्री सुहाना थापाको अभिनयले सबैको मन छोएको छ । त्यसैकारण यो चलचित्रले धेरै कमाई गर्नेमा कुनै शंका नै छैन ।

प्रतिक्रिया दिनुहोस्