बहुप्रतिक्षित चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)



०२ चैत्र २०७६, काठमाडौँ

स्टुडेन्ट अफ दि इयर सुपरहिट चलचित्र हो । यसै चलचित्रबाट अहिलेका बलिउडका स्टारहरु वरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले चलचित्र जगतमा पाइला टेकेका थिए । त्यस्तै स्टुडेन्ट अफ दि इयर लाई दर्शकले निकै रुचाएपछि यसको अर्को सिरिज पनि निर्माण भएको छ । चलचित्र स्टुडेन्ट अफ दि इयर २ को अफिसियल ट्रेलर भर्खरै मात्र सार्वजनिक भएको छ ।

चलचित्र स्टुडेन्ट अफ दि इयर २ मा टाइगर श्राफका साथ नव नायिका तारा सुतरिया र अनन्या पाण्डेको मुख्य भूमिका रहेको छ । ट्रेलर निकै राम्रो बनाइएको छ । चलचित्रमा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राको केमियो भूमिका रहेको छ । चलचित्र स्टुडेन्ट अफ दि इयर मार्च १० बाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्