शिव परियारको आवाजमा आश्मा र सरोजको नयाँ गीत रिलिज (भिडियो)



०२ बैशाख २०७६, काठमाडौँ

कार्टुन्ज क्रु नेपालको निकै चर्चित डान्स ग्रुप हो । कार्टुन्ज क्रु का अधिकांश गीतहरु बजारमा हिट छन् । विशेषगरी कार्टुन्ज क्रु का सरोज र आश्मालाई दर्शकले निकै रुचाउने गरेका छन् । कार्टुन्ज क्रु को नयाँ गीत भर्खरै सार्वजनिक भएको छ ।

सुरेश वाग्लेको शब्द र हरि लम्सालको संगीत रहेको ह्याप्पी ह्याप्पी बोलको गीतमा शिव परियारको आवाज रहेको छ । गीतमा आश्मा र सरोजलाई फिचर्ड गराइएको छ । निकै रमाइलो शैलीको गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्