‘मेरो फ्लप फिल्मले नै १०० करोड कमाउँछन्’ : सलमान खान



०२ बैशाख २०७६, काठमाडौँ

सलमान खान बलिउडका स्टार हुन् । त्यसैले पनि उनको नामले मात्र पनि उनका चलचित्रहरु सफल हुने गर्छन् । तर सलमानका केही असफल चलचित्रहरु पनि छन् । उनको ट्युबलाइट चलचित्रलाई फ्लप चलचित्र भनिएको थियो । तर यसले ११० करोडको व्यापार गरेको थियो ।

सलमान खान उनका केही फ्लप भनिएका चलचित्रलाई फ्लप भन्न तयार भने छैनन् । हुन पनि उनका फ्लप भनिएका चलचित्रले पनि १०० करोडभन्दा बढीको व्यापार गरेको पाइन्छ । यस्तै सलमानले पनि यस विषयमा आफ्ना चलचित्रलाई दर्शकले रुचाएर नै १०० करोड सजिलै आफ्ना चलचित्रले कमाउने गरेकाले आफ्ना चलचित्रलाई फ्लप मान्ने गर्दैनन् । उनले सधैँभरि दर्शकले आफ्ना चलचित्रलाई माया गरिदिएकोमा धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्