राजेश हमालसँग ‘को बन्छ करोडपति’ खेल्न पुगे ‘भद्रगोल’ का जिग्री र पाडे, जिते यतिधेरै रकम (भिडियो)



०२ बैशाख २०७६, काठमाडौँ

को बन्छ करोडपति अहिले दर्शकले सर्वाधिक रुचाएको शो हो । राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम को बन्छ करोडपति एपिवान टेलिभिजनबाट प्रशारण हुने गरेको छ । त्यस्तै यो शो लाई छोटो समयमा नै दर्शकले निकै माया दिएका छन् ।

यस हप्ताको को बन्छ करोडपति मा हाँस्य टेलि सिरियल भद्रगोलका चर्चित कलाकार अर्जुन घिमिरे (पाडे) र जिग्री (कुमार कट्टेल) आएका थिए । उनीहरु क्रिकेट रंगशाला बनाउनको लागि सहयोग रकमका लागि को बन्छ करोडपति खेल्न पुगेका थिए ।

पांडे र जिग्रीले निकै रमाइलोसँग राजेश हमालसँग को बन्छ करोडपति खेले । उनीहरुले दर्शकलाई हसाँउनु समेत हँसाए पनि । जिग्री र पांडेले रु.४०००० हजार जिते । उनीहरुले जितेको रकम क्रिकेट रंगशाला निर्माणको लागि जानेछ ।

प्रतिक्रिया दिनुहोस्