प्रताप र मेलिनाको आवाजमा दिलीप र प्रियंकाको पहिलो म्यूजिक भिडियो रिलिज (भिडियो)



०२ बैशाख २०७६, काठमाडौँ

दिलीप रायमाझी र प्रियंका कार्की दुवै नेपाली चलचित्र जगतका परिचित कलाकार हुन् । यी दुईले एकसाथ बुगीवुगी मा जर्जको रुपमा समेत काम गरिसकेका छन् । त्यस्तै यी दुई पहिलो पटक म्यूजिक भिडियोमा पनि सँगै देखिएका छन् । यी दुईको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ ।

दुर्गा खनालको शब्द र वसन्त सापकोटाको संगीत रहेको पशुपतिमा सुनैको गजुर बोलको गीतमा प्रताप दास र मेलिना राईको आवाज रहेको छ । भिडियोमा दिलीप र प्रियंका फिचर्ड छन् । निकै रमाइलो शैलीको गीतलाई चर्चित कोरियोग्राफर गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्