गर्भवती भएको खबरबारे दिपिकाले खोलिन् मुख, दिइन् कडा जवाफ



०२ बैशाख २०७६, काठमाडौँ

बलिउड नायिका दिपिका पादुकोण यतिबेला चलचित्र छपाक को सुटिङमा व्यस्त छिन् । यस्तै उनले विवाहपछि गरेको यो पहिलो चलचित्र हो । दिपिकाको विवाह भएको केही महिनामात्र भएको छ । तर बजारमा भने उनी गर्भवती भएको हल्ला समेत चलिसकेको छ ।

यस विषयमा दिपिकाले मुख खोलेकी छिन् । उनले गर्भवती भएपछि मात्र यस्तो कुरा गर्दा राम्रो हुने बताइन् । साथै उनले गर्भवती हुनु प्राकृतिक प्रक्रिया भएकाले यसबारे बारम्बार बोल्नु गलत भएको समेत बताइन् । उनले आफू अहिले आफ्नो काममा नै व्यस्त भएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्