‘पोई पर्यो काले’ मा पूजा र आकाश फाइनल, पूजाले लिइन् २० लाख



०३ बैशाख २०७६, काठमाडौँ

नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक चर्चित र डिमाण्डेड नायिका हुन् । उनी एकपछि अर्को चलचित्रमा व्यस्त भैरहेकी छिन् । केहीसमय अघिमात्र लण्डनमा चलचित्र सम्हालिन्छ कहिले मन को छायांकन सकेर नेपाल फर्किएकी थिइन् । भर्खरै मात्र उनले नयाँ चलचित्र साइन गरेकी छिन् ।

उनले पोई पर्यो काले नामक चलचित्रमा काम गर्ने भएकी छिन् । उनीसँगै चलचित्रमा आकाश श्रेष्ठ पनि मुख्य भूमिकामा देखिने भएका छन् । आकाश र पूजाले सँगै सहकार्य गर्न लागेको यो तेस्रो चलचित्र हो ।

यो चलचित्रको लागि आकाश र पूजाले निकै महंगो पारिश्रमिक समेत लिएका छन् । चलचित्रका लागि पूजाले २० लाख र आकाशले १८ लाख लिएका छन् । यो चलचित्रको छायांकन जेठबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्