स्वर्गीय अभिनेत्री श्रीदेवीको बारेमा करिनाले गरिन् यस्तो मनछुने कुरा



०३ बैशाख २०७६, काठमाडौँ

स्वर्गीय अभिनेत्री श्रीदेवी सबैको प्यारी थिइन् । उनले बलिउडमा निकै ठूलो योगदान दिएकी छिन् । त्यसैले पनि उनलाई मन नपराउने कोही थिएनन् । उनको निधनले सबैको मनमा निकै ठूलो चोट पुगेको थियो । त्यस्तै बलिउड अभिनेत्री करिना कपुरले श्रीदेवीको बारेमा केही बोलेकी छिन् ।

करिनाले आफू श्रीदेवीको एकदमै ठूलो फ्यान भएको बताएकी छिन् । उनले आफूले पहिलेदेखि नै श्रीदेवीको चलचित्रहरु हेर्ने गरेको समेत बताएकी छिन् । उनको ठूलो फ्यान भएकाले उनको निधनले आफूलाई धेरै दुखी बनाएको करिनाले बताइन् । उनले एकपटक श्रीदेवीसँग आफूलाई डान्स गर्न रहर भएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्