एकअर्कासँग नछुट्ने वाचा गर्दै पल र बर्षा (भिडियो)



०३ चैत्र २०७६, काठमाडौँ

विर विक्रम २ यो बर्षको प्रतिक्षित चलचित्र हो । विर विक्रम लाई दर्शकले निकै रुचाएका थिए । त्यसैले विर विक्रम २ लाई पनि दर्शकले मन पराउने कुरामा निर्माण टिम आशातित रहेको छ । केही समय अघि विर विक्रम २ को पिरतीको मिठो तिर्सना बोलको गीत सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै भर्खरै मात्र चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ ।

नरेश भट्टराईको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको वाचा बोलको गीतमा ताराप्रकाश लिम्बु र दिपा लामाको आवाज रहेको छ । निकै रोमान्टिक शैलीको गीतमा चलचित्रका मुख्य कलाकार बर्षा शिवाकोटी र पल शाहलाई फिचर्ड गराइएको छ । चलचित्र विर विक्रम २ मा बर्षा र पलका साथ नाजिर हुसेनको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्