‘सुनुवाइ न्यायाधीशको, उजुरी प्रधानन्यायाधीशविरुद्ध’



०४ बैशाख २०७६,काठमाडौं

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँचजना न्यायाधीशसहित निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित दिनेशुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया एकैपटक अगाडि बढाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

समितिले मङ्गलबार सबै प्रस्तावित पदाधिकारीविरुद्ध प्राप्त उजुरी सार्वजनिक समेत गरेको छ ।

समितिले प्रस्तावित पदाधिकारीविरुद्ध उजुरी माग गरे पनि एक उजुरीकर्ताले भने न्याय परिषद्को सिफारिससँग जोडेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नै उजुरी दर्ता गरेका छन् ।

परिषद् अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश स्वयम् विवादित व्यक्ति भएको दावी गर्दै ती उजुरीकर्ताले अध्यक्षको हैसियतमा प्रधानन्यायाधीशले गरेको सिफारिस बदर गर्न माग गरेका छन् । प्रस्तावित पदाधिकारीविरुद्ध भने उक्त उजुरी मौन छ ।

तीन उजुरीकर्ताले यसअघि जबरा प्रधानन्यायाधीश सिफारिस हुँदाका क्रममा पनि उक्त उजुरी दर्ता गरेका थिए । उजुरीमा भएका विवरण यसअघि जबरा प्रधानन्यायाधीशमा सिफारिस हुँदा दर्ता भएकै हुबहु छन् । समितिले उक्त उजुरी अध्यनका लागि मङ्गलबार सांसदहरूलाई उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्