जब आलियाले सबैको अगाडी वरुणलाई रणवीर भनेर बोलाइन्….



०४ बैशाख २०७६, काठमाडौँ

बलिउडकी निकै चर्चित अभिनेत्री आलिया भट्ट यतिबेला चकलेटी नायक रणवीर कपुरसँग प्रेममा छिन् । त्यसैकारण पनि उनीहरु आजभोली धेरै ठाउँमा एकसाथ भेटिरहेका हुन्छन् । त्यस्तै रणवीर र आलियाले धेरै ठाउँमा घुमाउरो रुपम आफूहरु प्रेममा भएको कुरा पनि बताएका छन् ।

रणवीरसँग प्रेममा भएका कारणले होला आलिया रणवीरलाई हरेक समय सम्झिरहेकी हुन्छिन् । केहीदिन अघिमात्र पनि उनले चलचित्र कलंक को प्रमोशनमा वरुणलाई रणवीरको नामले बोलाएकी थिइन् । उनले वरुणलाई रणवीर भनेर बोलाएपछि सबैजना उनको मुखमा हेरेर हाँस्न थालेका थिए । त्यसबेला आलियाले कुनै प्रतिक्रिया दिएकी थिइनन् । त्यस्तै अब छिट्टै नै रणवीर र आलियाले विवाह गर्ने कुरा पनि बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्