२ बर्षपछि छोरालाई लिन एयरपोर्ट पुगेका धमला दम्पत्तिलाई आफ्नै छोराले चिन्दिन भन्दा छक्क परे (भिडियो)



०४ बैशाख २०७६, काठमाडौँ

ऋषि धमला निकै चर्चित पत्रकार हुन् । तर उनी आजभोली आफ्ना कामका कारण भन्दापनि आफ्नो पारिवारिक जीवनका कारण चर्चामा आउने गरेका छन् । ऋषिका एक छोरा र एक छोरी छिन् । तर मिडियामा ऋषिकी छोरी एरिका मात्र आएकी थिइन् । ऋषि धमलाका छोरा एरिक करिब १ बर्ष अगाडी आफ्ना हजुरआमासँग क्यानडा गएका थिए ।

उनी सानै उमेरमा आफ्नी हजुरआमासँग क्यानडा गएका थिए । अहिले एरिक मात्र २ बर्ष पुरा भएका छन् । अहिले उनी नेपाल आएका छन् । लामो समयपछि छोरा क्यानडाबाट आउँदा ऋषि र एलिजा आफ्ना छोरालाई लिन एयरपोर्ट पुगेका थिए । तर अचम्मको कुरा त के छ भने उनले आफ्ना आमा बुबालाई नै चिनेनन् । हुन त उनी सानै छन् त्यसैले पनि उनले धेरैपछि आफ्ना आमाबुबालाई देख्दा नचिनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्