‘नेपाल आइडल’ विजेता बुद्ध लामाको नयाँ गीत रिलिज, बुद्ध र अलिशा फिचर्ड (भिडियो)



०४ बैशाख २०७५, काठमाडौँ

बुद्ध लामा नेपालको पहिलो नेपाल आइडल हुन् । उनले नेपाल आइडल सिजन १ मा दर्शकको अत्याधिक भोट र माया पाएर नेपाल आइडल सिजन १ को विजेता बन्न सफल भएका थिए । नेपाल आइडल को उपाधी जितेपछि अहिले बुद्ध लामा निकै नै व्यस्त छन् । उनी देश तथा विदेशका कार्यक्रममा सहभागी पनि भैरहेका हुन्छन् ।

उनले केही  गीतहरु गाइसकेका छन् । जसमध्ये सानी नरिसाउ न लाई दर्शकले अत्याधिक रुचाएका थिए । भर्खरै मात्र बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । आशुसेन लामाको शब्द र संगीत रहेको सोल्टिनी सोल्टिनी बोलको गीतमा बुद्ध लामाको आवाज रहेको छ । गीतमा बपुद्ध लामा र अलिशा शर्मालाई फिचर्ड गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्