सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचे पुग्यो !



०४ बैशाख २०७६, काठमाडौं

सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ ।

चैत २७ गते काठमाडौंबाट हिँडेको समूह मंगलबार पासाङल्हामु गाँउपालिका – ४ दिङ्बोचेमा पुगेको हो  ।

नेपालले पहिलोपटक सर्वाेच्व शिखर सगरमाथाको उचाइ नाप्न लागेको हो । यसका लाागि चारजनाको मापन टोली खुम्बु पुगेको छ ।

नापी विभागले अहिलेसम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापना गरिसकेको छ ।

टोलीले २०१९ मा सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम गरिसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्