कृष्ण वलीको जस्तै बुटवलकी रुपाको पनि करेन्ट लागेर दुवै हात काटियो (भिडियो)



०५ बैशाख २०७५, काठमाडौँ

कृष्णको वलीको जस्तै बुटवलमा बस्दै आएकी रुपाको पनि करेन्ट लागेर दुवै हात काटिएको छ । उनी अहिले मात्र ८ कक्षामा पढ्दैछिन् । उनकी आमा घरायसी काम र उनको रेखदेख गर्ने गर्छिन् । रुपाको कथा निकै प्रेरणादायी पनि रहेको छ ।

केहीसमय अघि कृष्ण वलीको दुवै हात काटिएको खबर बाहिर आएपछि धेरैले उनलाई सहयोग गरेका थिए । अब बुटवलमा बस्दै आएकी रुपालाई पनि सहयोग गर्ने अवस्था आएको छ । पहिले पहिले रुपालाई जे काम गर्न पनि अरुको सहायताको जरुरत पर्ने गर्थ्यो तर अहिले उनी आफ्ना हरेक काम आफैँ गर्छिन् ।

उनी खुट्टाले पढ्ने लेख्ने गर्छिन् भने खुट्टाले नै खाना खान्छिन् । आफूभित्र कमजोरी भएपनि उनले हरेश भने खाएकी छैनन् । उनलाई आफूले भविष्यमा केही गर्न सक्ने पूर्ण विश्वास रहेको छ ।

उनको आवाज पनि निकै नै मिठो रहेको छ । उनले आफ्नो गायिका बन्ने सपना रहेको समेत बताएकी छिन् । उनलाई सहयोग स्वरुप रकमहरु आउन थालिसकेका छन् । सबैले सहयोेग गरेमा रुपाले पनि कृष्णले झैँ कृतिम हात जोडेर आफ्ना कामहरु गर्न सक्ने हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्