मध्यरातमा विराटनगरमा प्रियंकाले मच्चाइन् धमाका



०५ बैशाख २०७६, काठमाडौँ

प्रियंका कार्की नेपालकी निकै चर्चित नायिका हुन् । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो नै रहेको छ । प्रियंकाले बैशाख १ गते नयाँ बर्षको अवसरमा विराटनगरमा धमाका मच्चाएकी थिइन् । उनी राम्रो डान्सर पनि हुन् । उनको डान्स मन नपराउने सायद कोही छैनन् होला ।

विराटनगर वासीको नयाँ बर्ष यसपाली प्रियंकाले निकै खास बनाइदिएकी छिन् । विराटनगरको सेन्ट्रल मलमा भएको कार्यक्रममा राति करिब साढे ११ बजे प्रियंका स्टेज चढेकी थिइन् । उनले आफ्ना हिट गीतमा डान्स गरेकी थिइन् । उनले करिब आधा घण्टा स्टेजमा बिताएकी थिइन् । उनले यसपटकको आफ्नो नयाँ बर्ष विराटनगरमा निकै रमाइलोसँग मनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्