०५ बैशाख २०७६, काठमाडौं
आईसीसी यू–१९ विश्वकपको एशिया छनौटमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहेको छ ।
मलेशियामा भएको छनौट प्रतियोगिताको अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले हराएसँगै नेपालको झिनो आशा पनि समाप्त भएको हो ।
नेपालको अन्तिम आशाका रुपमा ओमानले युएईलाई हराउन सक्छ की भन्ने थियो तर सो खेलमा यूएईले १० विकेटको जित निकालेपछि नेपालको संभावना समाप्त भएको हो ।
यू–१९ क्रिकेटमा आठौं पटक विश्वकप खेल्ने लक्ष्य अधुरो बन्दा नेपाली क्रिकेट समर्थक जति निराश बने त्यो भन्दा धेरै खेलाडी र प्रशिक्षक बने ।
पहिलो पटक टिमको कप्तानी गरेका रोहित पौडेलेले भने आफ्नो हातमा नभएको परिस्थितीले नेपालको लक्ष्यलाई तुहाएको बताएका थिए ।
नेपालले अघिल्लो पटक पनि विश्वकपमा छनौट भएपछि खेल्न पाएको थिएन ।