‘सारेगमपा’ मा नेपालका छोरा आयुषको गीतले छोयो उदितको मन (भिडियो)



०५ बैशाख २०७५, काठमाडौँ

यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्पमा नेपालका दुई बालक आयुष केसी र प्रितम आचार्यले धमाका मच्चाइरहेका छन् । उनीहरुले हरेक हप्ता आफ्नो प्रस्तुतीले दर्शक र जर्जको मन जित्दै आएका छन् ।

गत हप्ता सारेगमपा को स्टेजमा गेष्ट जर्जको रुपमा नेपालका तथा बलिउडका निकै चर्चित गायक उदित नारायण झा आएका थिए । उक्त एपिसोडमा आयुषले उदितको सर्वाधिक चर्चित गीत कुछ कुछ होला हे गाएका थिए । उनको प्रस्तुतीले सबै जर्जको मन छोएको थियो ।

त्यतिमात्र नभएर उदितले आयुषको निकै प्रंशसा पनि गरे । उदितले प्रितम र आयुषले तहल्का मच्चाउने समेत बताए । उदितले आयुषसँगै गीत गाउँदा त्यहाँको माहोल नै अर्कै बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्