०५ बैशाख २०७६, काठमाडौं
सन् १९९६ मा अफगानिस्तानमा तालिबानहरुले भत्काएका मूर्तिहरु बनाईने भएको छ ।
अफगानिस्तानमा इस्लाम धर्म आउनुभन्दा अगाडि प्राचीन कालमा बनाईएका धार्मिक र ऐतिहासिक सम्पदा तालिबानले देशमा नष्ट गर्यो ।
त्यसरी नष्ट गरिएका सम्पदामध्ये बामियानस्थित विश्वको सबैभन्दा अग्लो बुद्धको मूर्ति पनि थियो ।
अहिले काबुलस्थित राष्ट्रिय सङ्ग्राहालयले भग्नावशेष जोडेर प्राचीन बुद्ध मूर्तिहरूलाई पुरानै स्वरूपमा बनाउने प्रयास गरिरहेको छ ।