‘सेक्स जीवनको लागि चाहिने कुरा हो’ : आँचल शर्मा



०५ बैशाख २०७६, काठमाडौँ

नायिका आँचल शर्मा यतिबेला चलचित्र दाल, भात, तरकारी को प्रमोशनमा व्यस्त छिन् । त्यसैकारण उनी विभिन्न अन्तवार्ता पनि दिइरहेकी छिन् । त्यस्तै केहीदिन अघि भएको एक अन्तवार्तामा उनले आफ्ना निजी कुराहरु पनि बताएकी छिन् ।

आँचलले परिवारमा आफूले सबैभन्दा धेरै माया आफ्नो बाबालाई गर्ने बताएकी छिन् । त्यस्तै उनलाई ‘सेक्स के हो’ ? भन्ने प्रश्न पनि गरिएको थियो । जहाँ आँचलले सेक्स जीवनको लागि आवश्यक कुरा भएको बताएकी छिन् । तर उनले आफूले भने अहिलेसम्म सेक्सको अनुभव नगरेको पनि बताइन् । यस्तै आँचललाई ‘दुख के हो’ ? भनेर पनि प्रश्न गरिएको थियो । जसमा आँचलले आफूले अहिलेसम्म दुखको अनुभव गर्न नपाएकाले यसबारे थाहा नभएको बताइन् ।

आँचल शर्मा निकै नै राम्री छिन् । त्यसैकारण उनलाई केटाहरुको धेरै प्रपोज आउने गर्छ । तर उनले आफू अहिलेसम्म कसैसँग प्रेममा नभएको पनि बताउँछिन् । आँचल चर्चित सेलेब्रेटि भएका कारण उनको निजी जीवनको बारेमा थाहा पाउन हर कोही इच्छुक रहेका हुन्छन् । त्यसैले आँचलको यो अन्तवार्ताले दर्शकलाई आँचलबारे धेरै कुराबारे जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्