०५ बैशाख २०७६, काठमाडौं
संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित दिनेशकुमार थपलियालाई अनुमोदन गरेको छ ।
समितिको हिजो बसेको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको हो ।
अनुमोदन गर्नु अघि समितले थपलियाविरुद्ध परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गर्नुका साथै थपलियासँग पनि छलफल गरेको थियो ।
यसअगाडीको कार्यकाल आयोधिप्रसाद यादवले सम्हालिरहेका थिए ।