चलचित्र यात्रा को नयाँ गीत रिलिज (भिडियो)



०५ बैशाख २०७५, काठमाडौँ

चलचित्र यात्रा यतिबेला देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ । त्यसैगरी चलचित्रले राम्रो कमाई पनि गरिरहेको छ । चलचित्र यात्रा हेर्ने दर्शकले चलचित्रलाई लिएर निकै राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् । भर्खरै मात्र चलचित्र यात्रा को नयाँ गीत रिलिज भएको छ ।

प्रतिक पौडेलको शब्द र संगीत रहेको फ्लाइङ फ्लाइङ बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार सलिनमान बनियाँ र मलिका महतलाई फिचर्ड गराइएको छ । निकै रोमान्टिक शैलीको गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्