लण्डनमा प्रेमिका जियासँग छुट्टी मनाउँदै भुवन केसी



०५ बैशाख २०७५, काठमाडौँ

सदावहार नायक भुवन केसी केहीसमय अघि चलचित्र क्याप्टेन को प्रदर्शनको लागि लण्डन गएका थिए । उनीसँग अनमोल पनि गएका थिए । अनमोल भने आफ्नो चलचित्र ए मेरो हजुर ३ को प्रदर्शनको लागि छिट्टै नेपाल फर्के । भुवन भने आरामसँग लण्डनमा अहिले छुट्टी मनाइरहेका छन् ।

यस्तै अहिले सामाजिक सञ्जालमा भुवन आफ्नी प्रेमिका जिया केसीसँग होलिडे मनाइरहेको चर्चा पनि छ । सामाजिक सञ्जालमा भुवन र  जियाको तस्बिर सार्वजनिक भएपछि यस्तो चर्चा चलेको हो ।

भुवन र जिया लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका छन् । यी दुईले सार्वजनिक रुपमा आफ्नो प्रेम स्वीकारेका छैनन् । तर यी दुईको सार्वजनिक भएको फोटोबाट उनीहरु प्रेममा रहेको कुरा स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्