‘टिकटक’ भाइरल गर्ल रेश्मा घिमिरे र आतिफ शाहको नयाँ गीत रिलिज (भिडियो)



०५ बैशाख २०७६, काठमाडौँ

आतिफ शाह पछिल्लो समयका निकै नै चर्चित कलाकार हुन् । केहीसमय अघि उनको इन्ष्टाको फोटो बोलको गीत सार्वजनिक भएको थियो । कालिप्रसाद बास्कोटाको आवाज रहेको गीतमा आतिफ शाह र रेश्मा घिमिरे फिचर्ड थिए । उक्त गीतलाई दर्शकले अत्याधिक रुचाएका थिए । भर्खरै मात्र आतिफ र रेश्माको अर्को गीत पनि सार्वजनिक भएको छ ।

दिनेश सुवेदीको शब्द र दिपक शर्माको संगीत रहेको हेरन कान्छि बोलको गीतमा राज खुम्बु र मेलिना राईको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा आतिफ र रेश्मालाई फिचरिङ गराइएको छ ।

इन्ष्टाको फोटोमा आतिफ र रेश्माले दर्शकलाई निकै रुचाएका थिए भने यसपटक उनीहरुले रमाइलो गीत लिएर दर्शकमाझ आएका छन् । उक्त गीतलाई राजिव समर र शिशिर खत्रीले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्