मेस्सी सामान्य खेलाडी मात्र नभई बार्सिलोना र ला लिगाका १/१ भाग पनि हुन् : ला लिगा अध्यक्ष जाभियार



०६ बैशाख २०७६, काठमाडौं

ला लिगा अध्यक्ष जाभियार टेभासले बार्सिलोनाका कप्तान लियोनेल मेस्सी एक सामान्य खेलाडी मात्र नभई बार्सिलोनाका एक भाग भएका बताएका छन् ।

“मेस्सी बार्सिलोनाका एक भाग हुन् । त्यस्तै उनी ला लिगाका लागि पनि एक भाग हुन् ।” अध्यक्ष जाभियरले भने, “उनी हाम्रो लिगका लागि एक आकर्षक र महत्वपूर्ण खेलाडी हुन् । जसले लिगलाई माथि पुर्याउन आफ्नो ठुलो योगदान दिएका छन् ।” उनले थपे ।

मेस्सीले बार्सिलोनामा २०२१ सम्मका लागि सम्झौता गरेका छन् । तर, हाल क्लबका अध्यक्ष जोसेप मारियाले स्टार खेलाडी मेस्सीसँग नयाँ सझौताका लागि तयारी गरेको बताईएको छ ।

उनी ला लिगाको इतिहासमै सबै भन्दा शीर्ष गोल कर्ता समेत हुन् । उनले हाल सम्म ला लिगामा ४ सय १६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्