चर्चित डान्सर सुशान्त खत्रीले गाएको पहिलो गीत सार्वजनिक (भिडियो)



०६ बैशाख २०७६, काठमाडौँ

सुशान्त खत्री पछिल्लो समयका निकै नै चर्चित र व्यस्त डान्सर हुन् । उनले भारतको विभिन्न रियालिटी शो मा गएर आफूलाई अव्वल साबित गरिसकेका छन् । उनै सुशान्त राम्रो डान्सर मात्र नभएर राम्रो गायक पनि हुन् । उनले गाएको पहिलो गीत भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

सन्तोष सुनारको शब्द र संगीत रहेको सानुमाया बोलको गीतमा सुशान्त खत्रीको आवाज रहेको छ । निकै मनछुने गीतमा सुशान्त खत्री र चलचित्र यात्रा बाट नेपाली चलचित्र जगतमा पाइला चालेकी नायिका मलिका महतलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्