०६ बैशाख २०७६, काठमाडौं
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले आफुहरुले अपमान सहेरै भएपनि जनताको हितमा काम गर्ने बताएका छन् ।
भ्रष्टाचार, तस्करी वा कुनै पनि प्रकारको अपराध वा राजस्व छली र सरकारी सम्पत्तिको दुरुपयोगप्रति सहनशील हुन नसक्ने भन्दै बाँस्कोटाले त्यस खालका गतिविधि नगर्न सचेत गराएका छन् ।
“उनले आफुहरुलाई कुनै पनि आरोप वा व्यङ्ग्यले नछुने स्पष्ट पारे । व्यङ्ग्यहरु आउँछ, जान्छ । मान्छेहरुले व्यङ्ग्य गरिराख्छन् । तर देश र जनताको हितमा हामी सबै अपमान सहेर भए पनि सबै काम गर्नका निम्ति तत्पर छौं ।” उनले भने ।
सिराहामा २८ बिघा जग्गा कब्जाको प्रसंग जोड्दै उनले पत्रकारहरुलाई त्यस्ता घटना कहाँकहाँ भएका छन्, उजागर गर्न सुझाए ।