‘लब स्टेशन’ हिट नभएपछि ‘कबड्डी ३’ बाट बाहिरिए प्रदिप !



०६ बैशाख २०७५, काठमाडौँ

प्रदिप खड्का पछिल्लो समयका निकै नै डिमाण्डेड अभिनेता हुन् । उनलाई लिएर चलचित्र बनाउने निर्देशकको लामै लिस्ट छ । पछिल्लो समयमा उनी अभिनीत चलचित्र लब स्टेशन प्रदर्शनमा आएको थियो । तर विडम्बना चलचित्रले चर्चाभन्दा धेरै आलोचना खेप्नु पर्यो ।

त्यस्तै प्रदिपको फ्यानको लागि फेरि एउटा नराम्रो खबर आएको छ । केहीसमय अघि प्रदिप खड्का चर्चित चलचत्रि कबड्डी को सिक्वेल कबड्डी ३ मा अनुबन्धित भएको खबर बाहिर आएको थियो । तर प्रदिप उक्त चलचित्रबाट बाहिरिएको खबर आएको छ । प्रदिपले भने आफूले समय मिलाउन नसकेका कारण चलचित्रबाट हात झिकेको बताएका छन् । तर बजारमा प्रदिपको चलचित्र लब स्टेशन फ्लप भएपछि चलचित्रका निर्देशकले उनलाई लिन मन नगरेको कुराको पनि हल्ला छ ।

प्रतिक्रिया दिनुहोस्