सागर आले र मेलिना राईको नयाँ गीत रिलिज, अनुभव र सेड्रिना फिचर्ड (भिडियो)



०६ बैशाख २०७६, काठमाडौँ

मेलिना राई र सागर आले दुवै नेपाली संगीत क्षेत्रका परिचित गायक गायिका हुन् । यी दुवैले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । त्यस्तै भर्खरै मात्र बजारमा यी दुईको नयाँ गीत रिलिज भएको छ ।

भुवन न्यौपानेको शब्द र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ’ बोलको गीतमा मेलिना राई र सागर आलेको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा चलचित्र ‘नाई नभन्नु ल ५’ बाट चर्चामा आएका बाल कलाकार सेड्रिना शर्मा र अनुभव रेग्मीका साथै चर्चित नायक नायिका आकाश श्रेष्ठ र बर्षा राउतलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्