आज आर्यन र सपनाले विवाह गरेको ५ बर्ष पुग्यो, शुभकामना दिनेको ओइरो



०६ बैशाख २०७५, काठमाडौँ

आर्यन सिग्देल नेपाली चलचित्र जगतका नाम चलेका अभिनेता हुन् । कुनै समयमा नेपाली चलचित्र जगतमा उनको वर्चस्व निकै नै थियो । तर पछि नयाँ कलाकारको आगमनसँगै उनी चलचित्रबाट पनि हराउँदै गएका थिए । तर उनको चर्चा भने कत्तिपनि सेलाएको छैन ।

आज तिनै आर्यनले विवाह गरेको ५ बर्ष पुरा भएको छ । आर्यनले लामो समयसम्म प्रेम गरेर आफ्नी प्रेमिका सपना भण्डारीसँग लगनगाँठो कसेका थिए । त्यतिमात्र नभएर आर्यन चाडैँ नै बाबु पनि बन्दै छन् ।

उनी यो कुराले आफू निकै उत्साहित भएको समेत बताउँदै आएका छन् । आर्यन र सपनालाई पनि नेपाली सिनेवृतमा क्युट कपलको रुपमा हेरिने गरिन्छ । आज उनीहरुको वैवाहिक बर्षगाठ रहेकाले शुभकामना दिनेको ओइरो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्