लोकदोहोरी गीतमा चर्चित नायक दिलीप रायमाझीले यसरी मर्काए कम्मर (भिडियो)



०६ बैशाख २०७६, काठमाडौँ

पछिल्लो समयमा दिलीप रायमाझी म्यूजिक भिडियोमा निकै व्यस्त हुन थालेका छन् । कुनै समयमा चलचित्रमा समय दिन दिलीपलाई निकै गाह्रो पर्थ्यो । पछि उनी अमेरिका भासिएपछि नेपाली चलचित्रबाट टाढा भएका थिए । अहिले फेरि नेपाली चलचित्रमा उनको चहलपहल बढेको छ ।

त्यतिमात्र नभएर उनी लोकदोहोरी गीतमा समेत देखिएका छन् । उनले खेलेको दोहोरी गीतको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । बिनोद बाजुरालीको शब्द र संगीत रहेको मान्छे फकाएर आफ्नो हुँदैन बोलको गीतमा विष्णु माझी र बद्री पंगेनीको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा दिलीप र अलिशा फिचर्ड छन् । उक्त गीतलाई काजिस श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्