टोलीमा सन्दीप नअटाउँदा दिल्ली क्यापिटल्सले पराजित व्यहोर्यो !



०६ बैशाख २०७६, काठमाडौं

भारतमा जारी १२ औं संस्करणअन्तर्गत गएराती भएको खेलमा दिल्ली क्यापिटल पराजित भएको छ ।

अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो ।

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो ।

खेलमा नेपाली टोलीको खेलाडी सन्दीप लामिछाने भने, सहभागी थिएनन् ।

हारपछि दिल्ली अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइको १२ र दिल्लीको १० अंक छ ।

प्रतिक्रिया दिनुहोस्