झुक्किएर अर्कै पार्टीलाई मत हालेको भन्दै एक मतदाताले काटे आफ्नै औंला !



०६ बैशाख २०७६, काठमाडौं

यत्तिबेला भारतमा लोकसभा चुनावको रौनकता छाईरहेको छ ।

बिहीबार दोस्रो चरणको लोकसभाको चुनाव भएको छ, लोकसभा निर्वाचनमा भूलवश अर्कै पार्टीलाई मतदान गरेपछि एक मतदाताले हातको औँला काटेका छन् ।

उत्तर प्रदेशको बुलान्दसरका मतदाता पवन कुमारले आफूले स्थानीय बहुजन समाज पार्टीलाई मतदान गर्न चाहेको तर विद्युतीय मेसिनमा आफू झुक्किएपछि भारतीय जनता पार्टीलाई मतदान हुन पुगेको भन्दै औँला काटेर हुन् ।

उनले मतदानमा सहभागी भएको संकेतस्वरूप मसी लगाइएको औंला काटेर फालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतीय जनता पार्टीको चुनाव चिह्न कमलको फूल रहेको छ भने, बहुजन समाज पार्टीको चुनाव चिह्न हात्ती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्