यी हुन् २०७५ सालका उत्कृष्ट ५ गीत, जसले युट्युबमा करोडौँ भ्यूज पाए (भिडियो सहित)



०६ बैशाख २०७६, काठमाडौँ

२०७५ सालको अन्त्यसँगै नयाँ बर्षको सुरुवात भएको छ । २०७५ सालमा युट्युबमा थुप्रै आधुनिक गीतसँगीत बजारमा आए । तीमध्ये युट्युब भ्यूज र दर्शकको कमेन्टको आधारमा आज हामी २०७५ सालका उत्कृष्ट ५ गीतबारे जानकारी दिनेछौँ ।

.पिच रोड – सन्तोष कुमारको शब्द र राजेन्द्र भट्टको संगीत रहेको पिच रोड गीतमा समिर आचार्य र विद्या भण्डारीको आवाज रहेको छ । गीतको भिडियोमा डान्सर सुशान्त खत्री र नायिका आँचल शर्मालाई फिचर्ड गराइएको छ । यो गीतले युट्युबमा २ करोड ११ लाखभन्दा बढी भ्यूज पाएको छ ।

४.पिरिम नलाउने – दिपक शर्माको शब्द र संगीत रहेको पिरिम नलाउने गीतमा आशिष गौतम र मेलिना राईको आवाज रहेको छ । गीतको भिडियोमा आशिष गौतम र नायिका बर्षा राउतलाई फिचरिङ गराइएको छ । यो गीतले अहिलेसम्म युट्युबमा ३ करोड ७० लाखभन्दा बढी भ्यूज पाएको छ ।

३. सालको पातको टपरी – नवराज पन्तको शब्द र वसन्त थापाको संगीत रहेको सालको पातको टपरी गीतमा कुलेन्द्र विक र विष्णु माझीको आवाज रहेको छ । यो गीतमा कुलेन्द्र विक, वसन्त थापा र नायिका मरिष्का पोखरेल फिचर्ड छन् । यो गीतलाई युट्युबमा ४ करोडभन्दा बढी पटक हेरिएको छ । त्यसैले यो गीत २०७५ सालमा युट्युब भ्यूजका आधारमा तेस्रो स्थानमा पर्न सफल भएको छ ।

२. नाच फिरिरी – महेश काफ्लेको शब्द र संगीत रहेको नाच फिरिरी गीतमा महेश काफ्ले र मेलिना राईको आवाज रहेको छ । गीतमा चर्चित जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचर्ड गराइएको छ । यो गीतले युट्युबमा ४ करोड ४० लाखभन्दा बढी भ्यूज पाएर २०७५ सालको सुपरहिट गीतको दोस्रो स्थान पाउन सफल भएको छ ।

१. माया लुकी लुकी – अनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको माया लुकी लुकी गीतमा टिका प्रसाईको आवाज रहेको छ । यो गीतमा कार्टुन्ज क्रु लाई फिचर्ड गराइएको छ । यो गीतले युट्युबमा सर्वाधिक ५ करोडभन्दा बढी भ्यूज पाउन सफल भई बर्षको उत्कृष्ट गीतको पहिलो स्थान ओगट्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्