हनिमुन जान लागेका बर्षा र सन्जोग एयरपोर्टमा भेटिँदा लाजले भुतुक्क (भिडियो)



०६ बैशाख २०७६, काठमाडौँ

नायिका बर्षा राउतले फागुन २ गते अर्थात भ्यालेनटाइन डे को दिन आफ्ना प्रेमी सन्जोग कोइरालासँग विवाह गरेकी थिइन् । विवाहपछि पनि उनले आफ्नो कामलाई भने निरन्तरता नै दिएकी थिइन् । अब भने बर्षा र सन्जोगले आफ्नो लागि समय निकालेका छन् ।

बर्षा र सन्जोग आज हनिमुन मनाउनको लागि अमेरिका उडेका छन् । एयरपोर्टमा भेटिदाँ बर्षा र सन्जोग निकै नै लजाएका थिए । बर्षाले आफूहरु १–२ हप्तापछि फर्कने बताएकी छिन् ।

यतिबेला उनी अभिनीत चलचित्र दाल, भात, तरकारी को प्रमोशन चलिरहेको छ । तर उनी प्रमोशनको लागि यहाँ नहुने भएकी छिन् । तर बर्षाले चलचित्र जात्रै जात्रा को प्रमोशनको समयमा भने आफू नेपाल फर्किसक्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्