०९ बैशाख २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जिल्लास्तरीय नेतृत्वको बाँडफाँड टुङ्ग्याएको छ ।
हिजो साँझ बसेको नेकपाको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार सचिवालय बैठकले पूर्व एमालेको भागमा ४२ र पूर्व माओवादीको भागमा ३५ जिल्लाको नेतृत्व पर्ने गरी एकीकरण प्रक्रिया टुङ्ग्याएको छ ।
आज काठमाडौंमा आयोजना हुने समारोह मार्फत यो कुरा घोषणा हुनेछ । दुईपार्टी एकीकरण हुनुपूर्व जिल्ला कमिटिको नेतृत्व गरेकै व्यक्ति अध्यक्ष र सचिव रहने पनि सहमति भएको छ ।