०९ बैशाख २०७६, काठमाडौं
भारतमा जारी १२ औं संस्करणको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले एक रनको रोमान्चक जित हात पारेको छ ।
गएराती सम्पन्न खेलमा बैंग्लोरले चेन्नइ सुपरकिंग्सलाई १ रनले हराएको हो ।
चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।
१६२ रनको लक्ष्य पछ्याएको चेन्नइले ८ विकेटको क्षतिमा १६० रन बनाउन सक्यो । यस जितबाट २ अंक थपेको बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।