०९ बैशाख २०७६, काठमाडौं
नीजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनि एनसेलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण गरिएको पुँजीगत लाभ कर कानून अनुसार नभएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।
गत ३ बैशाखमा कर कार्यालयले एनसेललाई सात दिन भित्र पुँजीगत लाभकर बमोजिम ३९ अर्व ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ तिर्न सूचना पठाएको थियो ।
मङ्गलबार कर कार्यालयले एनसेललाई कर तिर्न दिएको म्याद सकिदैछ ।
जसको एकदिन अगावै उसले सर्वोच्चमा रिट दायर गरेको हो ।