अवको एक वर्षभित्र महाधिवेशन  : अध्यक्ष प्रचण्ड



०९ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७० औं वार्षिकोत्सव समारोहमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अवको एक वर्षभित्र पार्टीको महाअधिवेशन गर्ने बताएका छन् ।

समरोहमा जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए ।

नेकपा सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले अवको ८ महिनाभित्र ७७ वटै जिल्ला र प्रवासका सम्मेलन पुरा गरी एक वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्ने बताए ।

यो पनि पढ्नुहोस्

नेकपाले सार्वजनिक गर्याे जिल्ला अध्यक्ष र सचिवको नामावली (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्