१० बैशाख २०७६, काठमाडौं
नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।
रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप परिक्षण गर्नेछन् । नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ ।