बहुप्रतिक्षित चलचित्र ‘हजार जुनीसम्म’ को पहिलो गीत रिलिज, सलोनसँग स्वस्तिमाको छमछमी (भिडियो)



१० बैशाख २०७६, काठमाडौँ

चलचित्र हजार जुनीसम्म यो बर्षको बहुप्रतिक्षित चलचित्र हो । विकासराज आचार्यद्धारा निर्देशित चलचित्र हजार जुनीसम्म छायांकनमा जानु अगावै चर्चा रहेको थियो । भर्खरै मात्र चलचित्र हजार जुनीसम्म को पहिलो गीत सार्वजनिक भएको छ ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको एमजी रोडैमा बोलको गीतमा मेलिना राई र राजनराज शिवाकोटीको आवाज रहेको छ । लोकदोहोरी शैलीको गीतमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, सलोन बस्नेत र अखिलेस प्रधानलाई फिचर्ड गराइएको छ । उक्त गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चलचित्र हजार जुनीसम्म मा स्वस्तिमा खड्का, आर्यन सिग्देल, प्रियंका कार्की, अखिलेस प्रधान, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र हजार जुनीसम्म आउँदो साउन ३० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्